इजरायलले दियो नेपाललाई स्वास्थ्य सामग्री

इजरायलले दियो नेपाललाई स्वास्थ्य सामग्री

असार २ काठमाडौ

काेराेना रोकथाम तथा नियन्त्रणका लागि इजरायल सरकारले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

मगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले कोरोना रोकथामका लागि पीपीई सेट, थर्मोमिटर, पन्जा, सर्जिकल मास्क, स्यानिटाइजर, सोडियम डिसइन्फेक्टेड लगायतका सामग्री हस्तान्तरण गरे ।

इजरायल सरकारले पीपीई सेट (सुट एण्ड ट्राउजर, फेससिल, गगल्स, मास्क र पञ्जा) ५० थान, पीपीई बडी कभर ५ सय थान, थर्मोमिटर ५० थान, पन्जा १ सय ३० थान, स्यानिटाइजर ५ लिटरको ४० जार, स्यानिटाइजर ५ सय एमएलको २ सय ३० बोतल, सोडियम डिसइन्फेक्टेड १ सय जार, पञ्जा ५ सय थान, सर्जिकल मास्क ५ सय थान र अन्य मास्क ४ हजार थान सहयोग स्वरुप उपलब्ध गराएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार