सीटीईभीटीको उपाध्यक्षमा खगेन्द्र प्रसाद अधिकारी नियुक्ति

सीटीईभीटीको उपाध्यक्षमा खगेन्द्र प्रसाद अधिकारी नियुक्ति

असार ५ काठमाडौं

सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) को उपाध्यक्षमा खगेन्द्रप्रसाद अधिकारीलाई  नियुक्ति गरेको छ ।

झापा स्थायी घर भएका अधिकारी निजी प्राविधिक शिक्षालयका सञ्चालक हुन् ।

अधिकारी निजी प्राविधिक शिक्षालयहरुको छाता संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्सका निवर्तमान अध्यक्षसमेत हुन् ।

असार २ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई मनोनयन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

त्यस्तै वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा ताप्लेजुङ फुङलिङ नगरपालिका–९ का फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिक्डोल) नियुक्त भएका छन् ।

त्यस्तै कार्यकारी निर्देशकमा नुवाकोट दुप्चेश्वरका होमबहादुर दाङ नियुक्त भएका मन्त्री खतिवडाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार