साेती घटना : पीडितको पक्षमा बाबू छाेरा एउटै बेन्चमा नि:शुल्क बहस गर्दै

साेती घटना : पीडितको पक्षमा बाबू छाेरा एउटै बेन्चमा नि:शुल्क बहस गर्दै

असार ५ रुकुम पश्चिम

बुवा डा. नवराज गौतम र छोरा अधिवक्ता रामचन्द्र गौतम (आरसी) । पेशा दुवै जनाको अधिवक्ता​ । दुवै बाबुछोराले अदालतको बेन्चमा बसेर एउटै घटनामा बहस गर्ने संयोग जुरेको छ यतिबेला । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत चर्चामा रहेको रुकुम पश्चिमको सोती घटनाका पीडितको पक्षमा नि:शुल्क बहस गर्न उभिनु भएका उहाँहरुको जस्तै संयोग पारिवारिक जीवनमा कमैलाई पर्न सक्छ ।

दुवै बाबुछाेराले शुक्रबारदेखि जिल्ला अदालत रुकुम पश्चिममा पीडितको पक्षमा एउटै बेन्चमा नि:शुल्क बहस गर्दै हुनुहुन्छ । गत जेठ १० गते चौरजहारी नगरपालिका वडा नं. ८ सोतीमा​ ६ जनाको ज्यान जाने गरी भएको घटनाको शुक्रबारदेखि थुनछेक बहस सुरु भएकाे हाे । बहसको लागि वादी र प्रतिवादी पक्षमा बहस गर्न धेरै अधिवक्ताहरू रुकुम पुगेका छन ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नंं. १ घर भएका आरसी गौतम पनि काठमाडौंबाट पीडितको पक्षमा बहस गर्न रुकुम पुग्नुभएको हो । काठमाडौ कार्यक्षेत्र बनाएर बहस गर्दै आउनुभएका आरसीको लागि यो घटनाको बहस ऐतिहासिक अनुभव बन्नेछ  ।

आरसीले बहस गर्न थालेको सात बर्ष पुग्यो । “जन्म दिने बाबा सँगै पहिलो पटक  पीडित पक्षको तर्फबाट बहस गर्दैछु, मेरो लागि यो नयाँ अनुभूति पनि हुनेछ” आरसी भन्नुुहुन्छ,’हामी दुवैजना पीडितको तर्फबाट नि:शुल्क बहस गर्दैछौं‌ । आरसी बुवाकै प्रेरणाले कानूनी क्षेत्रमा लाग्नु भएको हो ।

आरसीका बुवा नवराज वरिष्ठ अधिवक्ता तथा रुकुमको पहिलो विद्यावारिधी गर्ने व्यक्ति हुनुहुन्छ । उहाँले २०३६ सालदेखि रुकुम जिल्लामा बहस गर्दै आउनुभएको छ ।

सोतीको दुःखद घटनाले बाबुछोरालाई सँगै बहस गर्ने अवसर जुराइदिएको छ । “यो पेशा हो, यो घटनामा बाबुछोरा पीडितको पक्षमा बहस गर्दैछौं’ डा. नवराज भन्नुहुन्छ, “समयले कहिलेकाहीँ बाबुछोरालाई वादी र प्रतिवादीको पक्षमा बहस गर्ने अवस्था निम्त्याउन सक्छ ।” तर, यसपटक बाबुछोरालाई सँगसँगै वकालत गर्ने नयाँ अनुभव हुनेछ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार