आज कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित?

आज कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित?

असार ६ काठमाडौं

नेपालमा शनिबार  थप ३ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। आज थपिएकामध्ये ४९ जना महिला हुन् भने २८२ जना पुरुष हुन्।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका २ जना र सुनसरीका १ जनामा कोरोना संक्रमण पाइएको छ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा महोत्तरीका २४ जना र सर्लाहीका ३ जनासमेत कोरोना संक्रमित पाइएका छन्।

यस्तै नारायणी अस्पतालको प्रयोगशालामा बाराका ३ जना समेत संक्रमित पाइएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बाराका १, बाग्लुङका १४ जना, बैतडीका १८, गुल्मीका १८ जना, डडेल्धुरा १२ जना, डोटीका ६१ जना, कैलालीका १ जना, काठमाडौंका १, नवलपरासी पूर्वका १७ जना, नवलपरासी पश्चिमका १ जना, पाल्पाका १, रामेछापका ३ जना, रौतहटका २, सर्लाहीका ६ जना र रुपन्देहीका १ जनामा समेत कोरोना संक्रमण पाइएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु प्रयोगशालामा धादिङका ८ जना, पाल्पाका १६ जना र भक्तपुरका ७ जनामा समेत कोरोना संक्रमण पाइएको छ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा नवलपरासी पूर्वका ४ जना र स्याङ्जाका १ जनामा समेत कोरोना संक्रमण पाइएको छ।

यसैगरी कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको प्रयोगशालामा रौतहटका ५ जना, त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा कैलालीका २ जना, पोखरा प्रतिष्ठानको प्रयोगशालामा बाग्लुङका ६ जना, पोखराकै क्षयरोग केन्द्र प्रयोगशालामा नवलपरासी पूर्वका ११ जना  र तनहुँका २३ जनामा समेत कोरोना संक्रमण पाइएको छ। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पाका १६ जनासमेत संक्रमित पाइएका छन्।

यस्तैगरी बाँकेको भेरी अस्पतालको प्रयोगशालामा बाँकेका १४ जना र बर्दियाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा रुकुम पश्चिमका १ जना, दाङका ४ जना र प्यूठानका ८ जनामा समेत कोरोना संक्रमण पाइएको छ।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। यीमध्ये ७ सय ५६ जना महिला हुन्।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार