दाङमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

krishi
Duduwa Corona

दाङमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  

असार ७ काठमाडौं
दाङमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी रामग्राम नगरपालिका–१४ घर भएका २७ वर्षीय जितेन्द्र चौधरी रहेका छन् ।

तुलसीपुर उपमहानगरपलिका–२ स्थित कुमलगढीमा रा १ त ७५७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको लु ५८ प १८४३ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिँदा चौधरी गम्भीर घाइते भएका थिए । घाइते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार