सोती घटनाको थुनछेक बहस आज पनि सकिएन

सोती घटनाको थुनछेक बहस आज पनि सकिएन

असार ७ काठमाडौ

जेठ १० गते शनिबार ६ जनाको ज्यान जाने गरी भएको रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा भएको घटनाको आज आइतबार पनि थुनछेक बहस सकिएन।

जिल्ला अदालतमा रुकुम पश्चिममा दिनभर चलेको बहस सोमबार पनि निरन्तर हुने अदातले जनाएको छ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता विनोद पौडेलले आइतबार बहस नसकिएको जानकारी दिए। केही कानुन व्यवसायीले बहस गर्न बाँकी रहेकोले बहस सोमबार पनि निरन्तर हुने पौडेलले बताए।

अहिले पनि जाहेरवालाकै तर्फका वकिलहरुले बहस  गरिरहेका छन । आइतबार सम्म  १७ जना कानुन व्यवसायीले बहस सकेका छन्। शुक्रबार ७ जना र आइतबार १० जना कानुन व्यवसायीले बहस गरेका छन्।

आइतबार जाहेरवालाकै तर्फबाट बहस गर्ने  वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी, अधिबक्ताहरुमा मोहन साशन्कर, बद्री प्रसाद भुसाल, श्यामकुमार बिक,पुस्पराज पौडेल ,राम शर्मा, इन्द्र अर्याल ,सुन्दर बहादुर सेन ,रामचन्द्र गौतम (आरसी) र प्रकाश नेपाली रहेका छन ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी प्रेमिका लिन जेठ १० गते १९ युवा लिएर गएका जाजरकोटका नवराज विकसहित ६ जनाको शव भेरी नदीमा भेटिएको थियो।

उक्त घटनामा सरकारी वकिलको कार्यालयले ३४ जनाविरुद्ध कर्तव्य ज्यानलगायत मुद्दामा अभियोग पत्र दर्ता गरेको छ। अभियुक्त मध्ये २९ जना पक्राउ परेका छन् भने पाँच जना फरार छन्।

३४ मध्ये १ जनालाई मतियार र बाँकीलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातिय छुवाछुत सम्बन्धिको अभियोग लागेको छ । अभियोग लागेका मध्ये २ जना नाबालकलाई थुनछेक बहस पछि गत सोमबार नै अदालतले पुर्पक्षका लागी बाल सुधार गृहमा राख्न आदेश गरिसकेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार