चौरजहारी मिसन अस्पतालबाट सल्यानका ९ संक्रमित निको भए

चौरजहारी मिसन अस्पतालबाट सल्यानका ९ संक्रमित निको भए

असार ८ काठमाडौ
सोमबार रुकुम पश्चिमको चौरजहारी अस्पतालको आईसोलेसनमा उपचार गराईरहेका सल्यान वनगाड कुपिन्डे नगरपालिकाका ९ जना कोरोना निको भएर घर फर्किएका छन ।

गत जेष्ठ २८ गते कोरोना पोजेटिभ रिपोर्ट आए पछि चौरजहारी अस्पतालको आईसोलेसन वार्डमा भर्ना भई उपचार गराई रहेका उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि आज अस्पतालले डिस्चार्ज गरेको हो ।

उनीहरु संगै कोरोना अस्पताल भर्ना भएका अन्य २ जनाको रिपोर्ट भने पोजेटिभ आएपछि उनीहरुको उपचार भैरहेको अस्पतालले वताएको छ ।
कोरोना अस्पतालमा उपचार गराईरहेका वनगाड कुपिन्डे नगरपालिका वडा नम्वर ३ का २४ वर्षिय र २५ वर्षिय पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल डाईरेक्टर कालेव वुढाले जानकारी दिनुभयो ।

कोरोना लाई जितेर स्वस्थ भई घर फर्कनेमा वनगाड कुपिन्डे नगरपालिका वडा नम्वर ३ का ३० वर्षिय पुरुष सोही वडाका २६ वर्षिय पुरुष वडा नम्वर ४ का वर्ष २०,२१,२५,२७, २८र ३०,वर्षिय पुरुष रहेका छन । त्यसैगरी सोहि नगरपालिका वडा नम्वर ५ खैरागारका २२ वर्षिय पुरुष पनि कोभिड १९ कोरोना भाईरस लाई जितेर घर फर्किएका छन ।  योसँगै जिल्लामा कोरोना निको हुनेको संख्या ६६ पुगेको छ । फाटो : गोपाल रेग्मीबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार