रुकुम पश्चिममा ८ जनामा कोरोना संक्रमण

रुकुम पश्चिममा ८ जनामा कोरोना संक्रमण

असार १६ काठमाडौं

कर्णालीमा पछिल्लो २४ घण्टामा १६ जना कोरोना भाइरस कोभिड-१९ का संक्रमित पुष्टि भएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्ला र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणबाट मंगलबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार रुकुम पश्चिमकाेे चौरजहारीका ८ जना, दैलेखका ३ जना र बाँकेका एकजनामा जुम्लामा भएको परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ८ जना व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएको छ । कामको शिलशिलामा छिमेकि राष्ट्र भारत वाट आएका ७ र १ जना स्वास्थ्यकर्मि सहित ८ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको वताईएको छ ।
चौरजहारी नगरपालिका वडा नम्वर १ का ८,१९, २६, २९,३४,५० वर्षिय पुरुष वडा नम्वर ३ का २७ वर्षिय पुरुष र वडा नम्वर ९ का २० वर्षिय पुरुषमा पिसिआर विधि वाट गरीएको जाँचमा कोरोना रिपोर्ट पोजेटिभ भएको पुष्टि गरेको छ ।

यस्तै, डोल्पा  र कालीकोटका दुई/दुईजनामा नेपालगञ्जमा भएको परीक्षणबाट संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या १४४३ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार