महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय बानेश्वर सर्दै

महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय बानेश्वर सर्दै

असार १७ काठमाडौं

महानगरीय प्रहरी अपराध महाशाखाको टेकुस्थित कार्यालय केही समयका लागि बानेश्वर सर्ने भएको छ। महाशाखा प्रमुख दीपक थापाले अर्को सातासम्म कार्यालय सरिसक्ने बताए। ‘ सर्ने ठाउँमा तयारीका कामहरु भइरहेका छन्। अर्को सातासम्म सरिसक्छौँ’, एसएसपी थापाले भने।

मिनभवन क्याम्पसको पछाडिपट्टी चार रोपनी क्षेत्रमा फैलिएको २ वटा भवन र ब्यारेकसहितको ठाउँमा महाशाखा सर्न लागेको हो। टेकुमा महाशाखाको आफ्नै भवन बन्न लागेकाले त्यसका लागि अहिले बसिरहेको ठाउँ छाड्न लागेको हो।

दुई वर्षभित्र भवन बनिसक्ने योजना छ। ०७२ सालको महाभुकम्पले हनुमानढोकाको कार्यालय भवन भत्काएपछि महाशाखा टेकुस्थित पार्टी प्यालेसको क्षेत्र ओगटेर बसेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार