दाङमा वडाध्यक्षमाथि आक्रमणको अभियोगमा ३ पक्राउ

दाङमा वडाध्यक्षमाथि आक्रमणको अभियोगमा ३ पक्राउ

दाङकाे शान्तिनगर गाउँपालिका वडा नं. २ का अध्यक्ष फर्साराम डाँगीलाई आक्रमण गरेको अभियोगमा प्रहरीले बुधबार ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शान्तिनगर ४ घर भई हाल तुलसीपुर उपमहागनरपालिका ५ मासुमार्केट बस्ने २९ वर्षीय अर्जुन शाही, शान्तिनगर गाउँपालिका २ सिमसुन्दरपुर निवासी ५१ वर्षीय इन्द्रबहादुर वली र शान्तिनगर ३ भलानेटी निवासी ३८ वर्षीय रेशमबहादुर विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रुमख डिएस्पी शिवबहादुर सिंहले बताए ।

उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भइरहेको उनले जानकारी दिए । वडाध्यक्ष डाँगीलाई मंगलबार दिउँसो एक समूहले कार्यालयभित्रै पसी फलामको रड र लाठी प्रहरी गरेर घाइते बनाइएको थियो । डाँगीको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि मंगलबार नै थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं लगिएको छ ।

पक्राउ परेकाहरु नेत्रविक्रम चन्द समूहका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । चन्द नेतृत्वको नेकपाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी डाँगीमाथि भएको आक्रमणको जिम्मेवारी लिएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार