लगानी बोर्डको सिइओका लागि १२ जनाको आवेदन

लगानी बोर्डको सिइओका लागि १२ जनाको आवेदन

काठमाडौं । लगानी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि १२ जनाले आवेदन दिएका छन्। तत्कालीन सिइओ महाप्रसाद अधिकारीलाई सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर बनाएसँगै रिक्त स्थानको पदपूर्तिका लागि भएको विज्ञापनपछि उनीहरूले आवेदन दिएका हुन्।

आवेदन दिनेहरूमा राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष एवं कर्मचारी सञ्चयकोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य र नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी छन्।

यसैगरी विदेशी लगानीबारे जानकार डा सरोज कोइराला, माछापुच्छ्रे बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, कानुन सेवाका शेरजङ कार्की र अर्थशास्त्रका सहप्राध्यापक रमेशचन्द्र पौडेल पनि बोर्डको सिइओको दौडमा छन्।

यस्तै पूर्वसहसचिव लक्ष्मीविलास कोइराला, बोर्डमा परामर्शदाताका रूपमा कार्यरत इन्जिनियर आशिष गजुरेल र रामकृष्ण खतिवडा तथा विशेष आर्थिक क्षेत्र प्राधिकरणका पूर्वकार्यकारी निर्देशक चण्डीका भट्टले पनि आवेदन दिएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार