नेकपाको विवादमा उत्कर्षमा पुग्दा चिनियाँ राजदुतले भेटिन माधव नेपाललाई

नेकपाको विवादमा उत्कर्षमा पुग्दा चिनियाँ राजदुतले भेटिन माधव नेपाललाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत होउ यान्छी सक्रिय बनेकी छिन् ।

उनले नेकपा शक्ति संघर्ष चर्किएकै बेला आइतबार बेलुका विदेश विभाग प्रमुखसमेत रहेका वरिष्ठ नेता माधव कुमार नेपाल भेटवार्ता गरेकी छिन् ।

राजदूत होउ नेता नेपालकै निवास कोटेश्वर पुगेर भेट गरेकी हुन् । भेटमा चिनियाँ राजदुतले नेकपा भित्रको विवादका विषयमा चासो राखेको स्रोतले जनाएको छ ।

स्थायी कमिटिका ४५ मध्ये ३० सदस्य उनीहरुको पक्षमा छन् । तर ओली पार्टी त्यसमा राजी नभएका बेला चिनियाँ राजदूत होउ र नेता नेपालबिच आइतबार बेलुका भेटवार्ता भएको हो । नेकपाको संकट उत्कर्षमा पुगेका बेला भएको सो भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार