प्रदेश २ मा आफ्नै अनुसन्धान ब्युरो गठन गर्ने

प्रदेश २ मा आफ्नै अनुसन्धान ब्युरो गठन गर्ने

जनकपुर । प्रदेश २ सरकारले आफ्नै अनुसन्धान ब्युरो गठन गर्ने भएको छ। प्रदेश सरकारले ब्युरो स्थापना गर्न प्रदेशसभामा विधेयक पेश गरेको छ।

प्रदेशभित्र शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राख्न साथै आवश्यक सूचना संकलन गर्ने उद्देश्यका साथ प्रदेश सरकारले अनुसन्धान ब्युरो स्थापना गर्न लागेको हो।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशसभामा पेश गरेको विधेयकमा प्रदेशभित्र शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राखी प्रदेशको हित तथा विकास, औद्योगिकरण, व्यापार व्यवसाय प्रवर्द्धन गर्न ब्युरोले सूचना संकलन गरी प्रशोधन गर्ने उल्लेख छ।

नेपालको सार्वभौमसत्ता तथा राष्ट्रिय सुरक्षा सुरक्षामा प्रतिकूल पार्नसक्ने प्रकृतिका सूचना वा जानकारीप्राप्त भएमा ब्युरोले संघीय सरकारलाई जानकारी गराउने विधेयकमा भनिएको छ।

यस्तै प्रदेश मन्त्रिपरिषद्ले कुनै खास विषयमा अनुसन्धान गर्न आदेश दिएमा ब्युरोले अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने विधेयकमा भनिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार