महिलामाथि कुटपिट गर्ने नगर प्रहरी निलम्बित

महिलामाथि कुटपिट गर्ने नगर प्रहरी निलम्बित

काठमाडौँ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका-९ की २१ बर्षीया नेहा विष्ट माथि कुटपिट गर्ने आठविसकोट नगरपालिकाकी नगर प्रहरी निर्मला विकलाई निलम्बन गरिएको छ । भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नगरपालिकाले बिहिबार एक पत्र मार्फत उनलाई निलम्बन गरिएको र घटनाको सत्य तथ्य छानविको लागि नगरपालिकाकै प्रशासकीय अधिकृत मान बहादुर बुढाथोकीको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरेको छ ।

समितिमा नगरपालिकाकै सुचना प्रविधि अधिकृत गणेश चन्द र नगर प्रहरी सहायक निरिक्षक ओलालाल यरी रहेका छन । जेठ १ गते दिउँसो जाजरकोटबाट मदिरा सेवन गरेर आउदै गरेकी नेहालाई नियन्त्रणमा लिइसकेपछि अमानवीय ढंगले कुटिपट भएको थियो। उक्त भिडिओ असार २३ गते मात्रै सार्वजनिक भएको थियो। ।

समितिले नगर प्रहरी विकलाई दोषी ठहर गर्दै निलम्बन गर्नुको साथै आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ। उक्त घटनाबारे छानबिन गर्न बुधबार नै जिल्ला प्रहरी रुकुम पश्मिका प्रहरी निरीक्षक कविराज रोकाको नेतृत्वका ४ सदस्य समिति गठन गरि घटनाको अनुसन्धा सुरु गरेको छ । उक्त समितिलाई ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार