ट्याक्टर दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु

काठमाडौँ । बिहीबार सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कुमाख गाउँपालिका –५ झारकाँडाका तिलक थापा रहेका छन् ।

कुमाख गाउँपालिका–५, नेटाबाट रुकुम चौरजहरी जाँदै गरेको रा १ त ३४८७ नम्बरको ट्याक्टर दार्मा गाउँपालिका–४ सर्सुखोलामा दुर्घटना हुँदा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक उमकान्त जोशीले जानकारी दिए ।

जोशीका अनुसार सोही ठाउँ बस्ने ट्याक्टरका सहचालक गम्भीर घाइते भएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार