डा.मानबहादुर विक सचिवमा बढुवा

डा.मानबहादुर विक सचिवमा बढुवा

काठमाडौँ । सरकारले युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत सहसचिव एवं प्रबक्ता डा‍‍.मान बहादुर वि.क. लाई सचिवमा बढुवा गरेको छ ।

सोमबार अपराह्न प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले दोस्रो नम्बरमा सिफारिस गरेका वि.क. लाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

यस अघि लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिवहरू गोकर्णमणि दुवाडी, डा.मान बहादुर बिक र मधु मरासिनीलाई सिफारिस गरेको थियो ।

डा. बिक दलित समुदायबाट नेपाल सरकारको सचिवमा बढुवा हुने पहिलो ब्यक्ति हुनुहुन्छ । उहाँ इमान्दार प्रशासक र बिभिन्न बिषयका बिज्ञका रुपमा परिचित हुनुुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार