डीआईजी शाही र कार्की एआईजीका लागि सिफारिश

डीआईजी शाही र कार्की एआईजीका लागि सिफारिश

काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजी निरजबहादुर शाही र प्रद्युम्न कुमार कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

हाल शाही नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता थिए भने कार्की विशेष ब्युरोका प्रमुख थिए । शाही र कार्कीसँगै डीआईजी विश्वराज पोखरेल पनि एआईजी बन्ने प्रतिष्पर्धामा थिए । तर, गृहले वरिष्ठताका आधारमा शाही र कार्कीलाई बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सूचीमा परेका दुवै जना प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचीका हुन् । दुवै जना नेपाल प्रहरीका व्यवसायिक अधिकृत मानिन्छन् ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार