सुदूरपश्चिममा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

सुदूरपश्चिममा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टाको धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा सङ्क्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

थपिएका सङ्क्रमितहरूमा कैलालीका १० जना, कञ्चनपुरका ३ र बझाङका १ छन् । तीमध्ये ८ पुरुष र ६ जना रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार