राजु सदासहित तीन जनाको परिवारलाई ५ लाख सहयोग

राजु सदासहित तीन जनाको परिवारलाई ५ लाख सहयोग

काठमाडौँ । प्रदेश २ सरकारले आइसोलेसनमा छटपटिएर मृत्यु भएका राजु सदासहित तीन जनाको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

सरकारले घोषणा गरे अनुरुप धनुषाको हंसपुर नगरपालिका ७ का राजु सदा, सीमामा भोकले तड्पिएर ज्यान गुमाउने शहीद नगरपालिका ९ का वीरेन्द्र गुरमैता यादव र प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा मृत फेला परेका सबैला नगरपालिका १२ का शम्भु सदाको परिवारलाई सहयोग उपलब्ध गराएका हुन् ।

तीनै जनाको परिवारलाई ५ लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराइएको छ । मुख्यमन्त्री लालबाबु राउत आफैं तीनै जनाको घर पुगी उनीहरुको परिवारलाई चेक हस्तान्तरण गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार