समुदायस्तरमा कोरोना फैलिएको छैन : स्वास्थ्य मन्त्रालय

Corona-Ad-Raptisonari

समुदायस्तरमा कोरोना फैलिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं ।  स्वास्थ तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण समुदायस्तरमा नफैलिएको जनाएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाको संक्रमण समुदायमा नफैलिएको दाबी गरे ।

मन्त्रालयले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना परीक्षणको क्रममा भीडभाड हुने विभिन्न स्थानमा ४ हजार ८०० नमुना परीक्षण गरेको थियो । जसमा ३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ जना विदेशबाट आएका छन् भने एक जना ब्युटिपार्लर व्यवसायमा संलग्न रहेको पाइएको छ ।

मानिसहरुको बढी भीडभाड हुने स्थान र कार्यालयहरु बैंक, अस्पताल, मालपोत, कर कार्यालय लगायतका स्थानबाट स्वाब संकलन गरिएको थियो ।

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार