स्वास्थ्य मन्त्रालय भन्यो- ६६ प्रतिशत कोरोना संक्रमित निको भए

स्वास्थ्य मन्त्रालय भन्यो- ६६ प्रतिशत कोरोना संक्रमित निको भए

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ६६ दशमलव १२ कोरोना संक्रमित निको भएको जनाएको छ ।
शनिबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले हालसम्म ११ हजार ६ सय ३६ जना संक्रमित निको भएको जानकारी दिएका छन् ।

यस्तै, पछिल्लो २४ घन्टामा १ सय ३ जना निको भएको गौतमले बताए । मुलुकभरका क्‍वारेन्टाइनमा २३ हजार २ सय ७५ र आइसोलेसन ५ हजार ८ सय २५ जना रहेको उनले बताएका छन् ।

शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय २ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार