वीरगञ्जमा मृत्यु भएकी १७ बर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि

वीरगञ्जमा मृत्यु भएकी १७ बर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । वीरगञ्जकाे गण्डक कोभिड अस्थायी अस्पतालमा  मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । ती किशोरी झाडापखाला र भाइरल इन्सेफ्लाइटीसको बिरामी थिइन् । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

मृतक बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । नारायणी अस्पतालको प्रयोगशालामो पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा‍‍. मदन उपाध्यायले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार