सोती नरसंहारविरुद्ध राजधानीमा विरोध प्रदर्शन

सोती नरसंहारविरुद्ध राजधानीमा विरोध प्रदर्शन

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा दलित युवकको हत्या लगायत देशभर भएका जातीय विभेदको घटनाको काठमाडौंमा शुक्रबार प्रदर्शन भएको छ ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजको आयोजनामा काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्म प्रदर्शन भएको हो । प्रदर्शनकारीले रुकुमपश्चिमको सोती नरसंहारमा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, दलितमाथि भएका विभेद अन्त्य गर्नुपर्ने लगायतका माग राखेका थिए ।

प्रदर्शनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका नेता मिन बहादुर विश्वकर्मा लगायतका विभिन्न पार्टीका नेताहरुको पनि सहभागिता रहेको थियो । गत जेठ १० गते भएका रुकुम घटनाका दोषि, गत जेठ २७ गते प्रहरी हिरासतभित्र मृत भेटिएका शम्भु सदाको घटना लगायत देशभरी घटेका जातीय विभेदका घटना विरुद्ध प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीले रुकुम पश्चिमको सोती नरसंहारमा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, दलितमाथि भएका विभेद अन्त्य गर्नुपर्नेलगायतका माग राखेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार