विषालु च्याउ खाँदा छोराको मृत्यु, आमा र तीन दिदीबहिनी बिरामी

विषालु च्याउ खाँदा छोराको मृत्यु, आमा र तीन दिदीबहिनी बिरामी

काठमाडौँ । डडेल्धुरामा जंगलबाट ल्याएको विषालु च्याउ खाँदा एक जना बालकको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिकामा वडा नम्बर ३ मा जंगलबाट टिपेको विषालु च्याउ खाँदा ८ वर्षीय बालक ललित धामीको मृत्यु भएको हो।

धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै च्याउ खाँदा मृतककी आमा बिस्ना धामी र तीन दिदीबहिनी बिरामी परेका छन्। उनीहरुको अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार