आज इस्लाम धर्मावलम्बीले वर्ष बकर–इद मनाउँदै

आज इस्लाम धर्मावलम्बीले वर्ष बकर–इद मनाउँदै

काठमाडौँ । इस्लाम धर्मावलम्बीले महान वर्ष बकर–इद शनिबार विशेष रुपमा मनाउँदै छन् । बकर–इद पर्व रमजान ९इद उल–फित्र० पछिको दोस्रो ठूलो पर्वका रुपमा मुस्लिमहरुले मनाउने गर्छन् ।

रमजान पर्वको ७० औँ दिनमा बकर–इद मनाइन्छ । यो पर्वमा हजका लागि साउदी अरेबियाको मक्का–मदिना जाने चलन रहेको छ ।

तर यो वर्ष कोरोना भाइरसको महामारीका कारण साउदी अरेबियाले त्यहिँ रहेका बाहेक कोही पनि विदेशीलाई हज यात्राको अनुमति दिएको छैन । बकर–इदमा बली दिने प्रचलन पनि छ ।

बली दिएको जनावरको मासु तीन भागमा बाँडी एक भाग गरिब एवं विपन्न परिवारलाई, एक भाग आफन्त–इष्टमित्रलाई र अर्को एक भाग आफू खानुपर्ने धार्मिक मान्यता छ । यो वर्षको पर्व घरमै बसेर बनाउन मुस्लिम आयोगले सबैसँग आग्रह पनि गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार