डोटीमा सबै गाडीको पास खारेज

डोटीमा सबै गाडीको पास खारेज

काठमाण्डौ । कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय डोटीले जिल्ला भित्र आउने र जाने अत्यावश्यक सेवाबाहेकका सबै किसिमका गाडीको पास खारेज गरेको छ ।

दिनहुँ कोरोना सङ्क्रमित बढ्न थालेपछि अर्को सूचना नआएसम्मका लागि पास खारेज गरेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

डोटीसहित सुदूरपश्चिम प्रदेशका कैलाली तथा कञ्चनपुर जिल्लामा सङ्क्रमित बढिरहेकाले समुदायस्तरमा समेत सङ्क्रमण हुने खतरा बढेपछि जिल्लाबाट जारी गरिने गाडी पास खारेज गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले जानकारी दिएका छन ।

जिल्ला बाहिर आवतजावत गर्ने गाडीको पास बन्द गरिए पनि आन्तरिक रुपमा सञ्चालन हुने यातायातको हकमा भने अनुमति रहेको र कोरोना सङ्क्रमणको जोखिम कम हुने उपायहरु अवलम्बन गरेर मात्र सञ्चालनको अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

गृह मन्त्रालयले समेत अत्यावश्यक सेवाबाहेकका अन्य गाडीलाई अन्तर जिल्ला प्रवेशमा रोक लगाउन सूचना जारी गरेपछि यहाँको प्रहरी प्रशासनले उक्त नियमको कडा रुपमा पालना गर्न थालेको छ । डोटीमा अहिलेसम्म ५ सय ६८ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार