पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलको, डिजेल र डिजेलको मूल्य २ रुपैयाँले बढाएको हो। बढेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने जानकारी निगमले दिएको छ।

योसँगै पेट्रोलको मूल्य बुधबारबाट १ सय १ दशमलव ५ रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य ८७ दशमलव ५ रुपैयाँ पुग्ने भएको छ। यो वीरगञ्जलगायत तराईका जिल्लामा पर्ने मूल्य हो।
काठमाडौं उपत्यकामा भने पेट्रोलमा थप दुई रुपैयाँ र डिजेलरमट्टितेलमा डेढ रुपैयाँ बढी पर्ने निगमले जानकारी दिएको छ। यसअघि असार १६ मा निगमले पेट्रोलमा ५ र डिजेल तथा मट्टितेमा दुई रुपैयाँ मूल्यवृद्धि गरेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार