बेपता दुई स्वास्थ्यकर्मीमध्ये एकजनाको शव फेला

बेपता दुई स्वास्थ्यकर्मीमध्ये एकजनाको शव फेला

काठमाडौँ । शनिबार दिउँसो सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईमध्ये एक स्वास्थ्यकर्मीको शव भेटिएको छ। बेपत्ता भएका डडेल्धुराको परशुराम नगरपालिका घर भएका डडेल्धुरा अस्पतालका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको केआईसिंह गाउँपालिकाको नारीदाङमा फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलभन्दा निकै टाढा जोशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले बताए। उनका अनुसार अर्का बेपत्ताको भने खोजी कार्य भइरहेको छ । ।

शनिबार डोटीस्थित शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका १० सेती किनार गहनानमा नुहाउन गएका चार जनामध्ये तीन जनालाई सेतीले बगाएको थियो। मन्दिर दर्शन गरी फर्किँदा नुहाउने क्रममा उनीहरूमध्ये तीनजनालाई नदीले बगाएको थियो।

बगेकामध्ये खगेन्द्र कुँवरलाई स्थानीयले उद्धार गरी बचाएका थिए भने हरिश जोशी र बझाङ स्थायी घर भएका हेल्थ असिस्टेन्ट विनय सिंह बेपत्ता भएका थिए। सिंह अझसम्म पनि बेपत्ता छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार