पहिरो जाँदा मेलम्चीमा ८ मजदुर बेपत्ता, एकको जीवितै उद्धार

पहिरो जाँदा मेलम्चीमा ८ मजदुर बेपत्ता, एकको जीवितै उद्धार

काठमाडौं । अविरल वर्षाका कारण गएराती पहिरो जाँदा सिन्धुपााल्चोकको मेलम्ची बजारमा ८ जना बेपत्ता भएका छन्। पहिरो राति २ बजे गएको हो।

प्रदेश सरकारले बनाउँदै गरेको कभर्डहल निर्माणमा संलग्न कामदार बसेको घर पहिरोले पुरिँदा ८ जना बेपत्ता भएका हुन् भने १ जनाको उद्धार भएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।

बेपत्ता हुनेहरुमा वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदीप चौरसिया, २५ वर्षीय विक्रम थिंग, २३ वर्षीय मानबहादुर रुम्बा,२० वर्षीय सिमन घलान, २१ वर्षीय शिवबालक धामी, १७ वर्षीय सोनाम लामा र १ जना भारतिय नागरिक राजेन्द्र चौधरी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भारतीय नागरिक बारु शाहको उद्धार गरि अहिले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

बिहानै देखि पहिरोमा परेकाहरुको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले उद्धार गरिरहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार