सुत्केरी भएको ६ घण्टापछि ज्यान गयो

सुत्केरी भएको ६ घण्टापछि ज्यान गयो

काठमाडौँ । जाजरकोटको छेडागाड नगरपालिका-१० काफ्ला निवासी २७ बर्षिया पशुपति थापा पुनको सुत्केरी भएको ६ घण्टापछि मृत्यु भएको छ । सोमवार विहान ४ बजेतिर घरमै सुत्केरी भएकी पशुपतिको रक्तस्राव नरोकिएका कारण विहान १० बजेतिर मृत्यु भएको उनका श्रीमान शंकर पुनले बताए ।

रक्तस्राव नरोकिएपछि उपचारका लागि कुशे गाँउपालिका-७ बाटुले बजारमा रहेको एक मेडिकलमा लगिएको थियो । तर मेडिकलमा पनि उपचार हुन नसकेपछि उनको मृत्यु भएको हो । बच्चा भने सकुसल रहेको छ भने उनकाे स्वास्थ्य अवस्था  सामान्य रहेकाे छ ।

धेरै रगत बगिसकेको थियो । अन्तिम अवस्थामा मेडिकलमा ल्याईएकी ति सुत्केरी महिलालाई रगत चढाउनु पर्ने अवस्था थियो तर मेडिकलमा त्यस्तो सुविधा थिएन मेडिकल संकलक अहेब प्रवेश थापाले भने ‘सुत्केरीलाई बचाउन धेरै कोशिस गर्यौ तर धेरै रगत बगिसकेकाले बचाउन सकेनौ ।’ जिल्लामै रगत दिने किसिमका सुरक्षित प्रसुति गृह नहुँदा धेरै महिलाले अकालमा ज्यान गुमाउने गरेका छन् । पुनले यसअघि २ जना छोरीलाई जन्म दिइसकेकी थिइन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार