कोशी अस्पतालमा उपचाररत एकजनाको मृत्यु

कोशी अस्पतालमा उपचाररत एकजनाको मृत्यु

काठमाडौं । कोशी अस्पताल विराटनगरमा उपचाररत उदयपुरका एक पुरुषको मृत्यु भएको छ । स्वास प्रश्वासमा समस्या भएपछि राति अस्पताल पुर्याइएका उनको मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाचुमनलाल दासले जानकारी दिए ।

उनको मृत्युपछि अहिले स्वाब लिने तयारी भइरहेको छ । उपचारका लागि विराट नर्सिङ होममा आएका उनलाई कोशीमा पठाइएको थियो । एम्बुलेन्सबाट उतारेर भर्ना गर्न लैजान खोज्दाखोज्दै मृत्यु भएको डा.दासले बताए ।

मृत्यु भएका व्यक्तिमा ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने, रिंगटा लाग्नेसहितका समस्या देखिएको थियो । सोही कारण उनमा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंका गरिएको भए पनि रिपोर्ट आएपछि मात्रै थाहा हुने उनले बताए । मृतकका आफन्तले उनमा जन्डिस देखिएको बताएका छन् । उनको ट्राभल हिस्ट्री नरहेको अस्पतालले जनाएको छ ।

यसअघि, सोमबार दिउँसो कोशी अस्पतालमै विराटनगर–५ घर भएका ७७ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार