यी हुन् उपनिर्वाचन हुने स्थान

यी हुन् उपनिर्वाचन हुने स्थान

काठमाडौ १४ मंसिर
आज शनिवार हुने उपनिर्वाचनमा   प्रतिनिधि सभा सदस्य तर्फ कास्की निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य–१, प्रदेश सभा सदस्य तर्फ भक्तपुर क्षेत्र नं. १ को १, बागलुङ क्षेत्र नं. २ को २, दाङ जिल्लाको क्षेत्र नं. ३ को २ गरी प्रदेश सभा सदस्य तर्फ ३ जना र स्थानीय तहतर्फ धरान उपमहानगरपालिकाको प्रमुख–१ जना, संखुवासभा जिल्ला मकालु गाउपालिकाको अध्यक्ष–१, पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष–१, महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष–१ गरी गाउँपालिका अध्यक्ष–३ जना, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष–१ जना र विभिन्न गाउँपालिका तथा नगरपालिकाको वडाअध्यक्ष–४३ समेत गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएका छन् । जसमध्ये प्रतिनिधि सभातर्पm ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्य तर्फ ७८ मतदान स्थल र १७४ मतदान केन्द्र तथा स्थानीय तहतर्पm १३७ मतदान स्थल र २८१ मतदान केन्द्र तोकिएको छ । आठसय वा सोभन्दा बढी मतदाता भएका केन्द्र ३३७ छन् भने आठसय भन्दा कम मतदाता रहेका केन्द्र दुई सय छन् ।

यो उपनिर्वाचनमा ३७ जिल्लाका महिला २,३३,४०२, पुरुष २,२०,७१० र अन्य २ जना गरी जम्मा ४,५४,११४ जना मतदाताले मताधिकारको प्रयोग गर्न सक्नेछन् । प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ७१,८७१ जना, प्रदेश सभा सदस्यको निर्वाचन हुने भक्तपुर, बागलुङ र दाङका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमशः ४५,०१५ जना, ३५,१८४ जना र ६८,७१९ जना गरी २,२०,७८९ मतदाता कायम भएका छन् । यसैगरी स्थानीय तहतर्फ २,३३,३२५ जना मतदाताहरू रहेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन, २०७४ पश्चात् उपनिर्वाचन हुने क्षेत्रमा १६,२१९ जना नयाँ मतदाता थप भएका छन् ।

यस उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यतर्फ ११ वटा, प्रदेश सभा सदस्यतर्फ १५ वटा र स्थानीय तहका सदस्यको लागि २० वटा राजनीतिक दल सहभागी भएका छन् । उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने जम्मा ३३३ उम्मेदवारमध्ये राजनीतिक दलतर्फ २५३ र स्वतन्त्र उम्मेदवार ८४ जना रहेकोमा २५३ पुरुष र ८४ महिला उम्मेदवार छन् । प्रतिनिधि सदस्य तर्फ राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी जम्मा २१, प्रदेश सभा सदस्य तर्फ राजनीतिक दलका २९ र स्वतन्त्र १४ गरी ४३ र स्थानीय तहका सदस्य तर्फ राजनीतिक दलका २१३ र स्वतन्त्र ६० गरी जम्मा २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धा

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार