जोर विजोर लागुभएपछि उपत्यकामा गाडीको चाप घट्यो

जोर विजोर लागुभएपछि उपत्यकामा गाडीको चाप घट्यो

काठमाडौँ । सरकारले लागू गरेको जोर विजोर प्रणालीका कारण काठमाण्डौ उपत्यकामा गाडीको चाप घटेको छ । जोर विजोर प्रणालीमा गाडी सञ्चालन, सङ्क्रमणको जोखिम बढ्नु र अत्यावश्यक बाहेकका सेवाहरु बन्द भएका कारण गाडीको चाप कम देखिएको हो । पछिल्लो केही दिन यता उपत्यकामा सङ्क्रमणको दर बढ्न थालेपछि सरकारले गाडी सञ्चालनमा जोर विजोर प्रणाली शुरु गरेको थियो ।

शुक्रबारमात्रै उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवाहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरेका थिए । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता वितरण, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता नविकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरण लगायतका सेवाहरु तत्कालका लागि बन्द भएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार