बाँकेमा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

बाँकेमा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

काठमाडौँ । बाँकेमा कोरोना भाइरसको सङ्क्रमणबाट आइतबार थप एक महिलाको मृत्यु भएको छ । कोहलपुर मेडिकल कलेजमा उपचाररत कोहलपुर नगरपालिका-२ का ७० वर्षीय महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिएका छन।

​योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३  पुगेको छ । यसअघि नरैनापुर र बैजनाथमा एकरएक जनाको मृत्यु भएको थियो।

यस्तै आइतबार मात्रै बाँकेमा ४८ जना नयाँ सङ्क्रमित भेटिएको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ । जसमा ३० जना प्रहरीसहित ४८ जना थपिएका हुन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार