प्रदेश २ मा थप ४७ जनामा कोरोना संक्रमण

प्रदेश २ मा थप ४७ जनामा कोरोना संक्रमण

काठमाडौँ । प्रदेश २ मा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा पत्रकारसहित ४७ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेमा ३७ पुरुष र १० जना महिला रहेका नारायणी अस्पतालका डा.निरज सिंहले जानकारी दिए । उनका अनुसार संक्रमित हुनेमा ८ वर्षीय बालकदेखि ७० वर्षका वृद्ध महिला रहेका छन् ।

शनिबार राती प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमित हुनेहरूमा बाराका २ र पर्साका ४५ जना रहेका डा.सिंहले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार