एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

NEB

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सोमबार बसेको बोर्डको बैठकले ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा सार्वजनिक गरेको हो ।

गत चैत ६ गते निर्धारित एसईई परीक्षा कोरोना भाइरसका कारण अन्तिम समयमा आएर स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । करिब १० हजार जनाको परीक्षा विभिन्‍न कारणले रद्द भएको बोर्डले जनाएको छ ।

यो पटक त्रुटी सच्याउन विद्यार्थीलाई परीक्षा नियन्त्रण कार्यालय आउनुपर्ने व्यवस्था हटाइएको छ। विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि त्यहीँबाट त्रुटी सच्याएर विद्यालयमा पुयाउने व्यवस्था मिलाइएको छ। नतिजाको विस्तृत विवरण राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा राखिने बोर्डले जानकारी दिएको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार