दाङमा एक बैंकका कर्मचारीलाई कोरोना संक्रमण

दाङमा एक बैंकका कर्मचारीलाई कोरोना संक्रमण

काठमाडौँ । घोराहीमा रहेको एक बैंकमा कार्यरत एकजना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणका क्रममा घोराही १५ शहिद गेट नजिकै रहेको कर्णाली डेभलपमेन्ट बैंकमा कार्यरत २२ वर्षीय एक पुरुष कर्मचारीमा कोरोना पुष्टि भएको हो। उनी घोराही निवासी हुन।

ती कर्मचारीलाई सेवाग्राहीबाटै भाइरसको संक्रमण भएको अनुमान गरिएको जिल्ला फोकल पर्सन कमल चन्दले जानकारी दिए। ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि बुद्ध हस्पिटलमा उपचारका लागि पुगेका उनलाई कोरोनाको आशंकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको थियो। त्यही उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण फेला परेको थियो। कर्मचारीलाई कोरोना पुष्टि भएपछि अहिले बैंक सिल गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार