जंगली च्याउ खाँदा प्युठानमा दाजुभाइको मृत्यु

जंगली च्याउ खाँदा प्युठानमा दाजुभाइको मृत्यु

काठमाडौँ । प्युठानमा जंगली च्याउ खाँदा एउटै घरका दाजुभाइको मृत्यु भएको छ। जिल्लाको नौबहिनी गाउँपालिका-६ ढाखोला निवासी १३ वर्षीय सुगम घर्ती र उनका १५ वर्षीय दाजु सुरेश घर्तीको मृत्यु भएको हो।

उनीहरूका बुवा ३३ वर्षीय विष्णु घर्ती, ३० वर्षीया आमा लिला घर्ती र १७ वर्षीय दाइ शशि घर्तीको अवस्था गम्भीर रहेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ।
विष्णुको परिवारले साउन ३१ गते बेलुका जंगलबाट खोजेर ल्याएर जंगली च्याउको तरकारी पकाएर खाएका थिए। त्यसपछि घर्ती परिवारका सबै सदस्यलाई झाडा पखाला लागको थियो। च्याउ खाएर बिरामी परेका पाँच जनामध्ये दुई जनाको अस्पताल लैजाँदै गर्दा बाटो मै मृत्यु भएको र तीन जनाको जिल्लामै उपचार भइरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार