निदान अस्पतालका ८ नर्ससहित १२ जनामा कोरोना पुष्टि

निदान अस्पतालका ८ नर्ससहित १२ जनामा कोरोना पुष्टि

काठमाडौँ । ललिपुरको पुल्चोकस्थित निदान अस्पतालमा कार्यरत ८ जना नर्ससहित १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा नर्ससहित १२ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिए। बाँकी संक्रमितहरूमा भने सरसफाइ कर्मचारी र सुरक्षागार्ड रहेको उनले जनाए।

अहिले सबै संक्रमितलाई अस्पतालकै कोभिड कक्षमा राखिएको छ। उनीहरू कसैमा पनि लक्षण नदेखिएको र सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

यसअघि पनि अस्पतालका दुई जना कर्मचारीमा कोरोना देखिएको थियो। उनीहरूकै कन्ट्याक्ट ट्रेसिङमा आएकाहरूको परीक्षण गर्दा थप १२ जनामा संक्रमण पुष्टि भएको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार