पहिरोमा पुुुुुुरिएर दैलेखमा तीन जनाको मृत्यु

पहिरोमा पुुुुुुरिएर दैलेखमा तीन जनाको मृत्यु

काठमाडौं । बुधबार अविरल वर्षासँगै आएको बाढीपहिरोमा पुरिएर दैलेखका छुट्टाछुट्टै ठाउँमा ३ जनाको मृत्यु भएको छ।

जिल्लाको ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँमा पहिरोले टिकाराम कठायतको घर पुर्दा उनका १२ वर्षीय छोरा जनक कठायतको मृत्यु भएको छ। पहिरोमा परी टिकारामका उनका काकाका छोरा ११ वर्षीय लोकेश कठायत बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए।

पहिरोमा परी टिकाराम, उनकी ४१ वर्षीय श्रीमती धनसरा कठायत, १५ वर्षीय छोरा टिकाराम र उनको घरमा सुत्न आएका २५ वर्षीय बम्म नेपाली घाइते छन्। घाइतेहरूलाई उपचारका लागि सुर्खेत ल्याउन लागिएको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दैलेखकै भगवतीमाई गाउँपालिका–५ कट्टीमा पहिरोले घर भत्किँदा घरधनी ६६ वर्षीय बलबहादुर रावतको मृत्यु भएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार