पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना संक्रमण

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा शुक्रबार थप ८ सय ३८ जनामा कोरोना पुष्टि भएको छ । थपिएका संक्रमितमा ५४६ पुरुष छन् भने २ सय ९२ महिला रहेका छन । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ३० हजार ४ सय ८३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

त्यस्तै विगत २४ घण्टामा २५० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ पुगेको छ। विगत २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक १३७ जनामा कोरोना पुष्टि भएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार