शनिबार बिहानै निषेधाज्ञा उल्लङ्घन गर्ने १०० धेरै गाडी कारबाहीमा

शनिबार बिहानै निषेधाज्ञा उल्लङ्घन गर्ने १०० धेरै गाडी कारबाहीमा

फाईल फोटो

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा शनिबार बिहानै निषेधाज्ञा अवज्ञा गर्ने झण्डै १ सयभन्दा धेरै गाडी कारबाहीमा परेका छन् । पछिल्लो २४ घण्टामा ७४७ वटा र आज बिहान मात्रै झण्डै एक सय गाडी कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बिहिबार होल्ड गरिएका ७४७ गाडीलाई राति ८ बजे छाडिएको थियो । निषेधाज्ञा उल्लङ्घनको घटना बढेमा स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

ऐनअनुसार ५ सय रुपैयाँसम्म जरिवाना वा १ महिना कैद अथवा दुवै सजाय हुन सक्छ । काठमाण्डौ, भक्तपुर र ललितपुरमा सङ्क्रमणको दर बढेपछि प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णय अनुसार उपत्यकामा गएको बिहीबारदेखि १० गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार