पर्सामा थप १४२ जनामा कोरोना संक्रमण

पर्सामा थप १४२ जनामा कोरोना संक्रमण

काठमाडौँ । पर्सामा आइतबार मात्र थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राती ३ सय २० जनाको स्वाब परीक्षण गर्दा पर्साका मात्रै १ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

वीरगन्जको लिंकरोडमा रहेको सामुदायिक रेडियो नारायणी एफएमका ५ जना संचारकर्मी , नेशनल मेडिकल कलेजका ३ , भवानी अस्पताल र तराई हस्पिटलका १ १ गरी ५ जना डाक्टर र जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना थुनुवामा संक्रमण भेटिएको हो ।

यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर १ पिपराका १६ जना , वीरगन्ज छपकैयाका १० जना , पर्साकै विन्दवासीनी गाँउपालिकाका ९ जना र पर्सागढी नगरपालिकाका ४ जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको छ । थप १ सय ४२ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या १ हजार ९ सय ३६ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार