आइतबार थप ८१८ जनालाई कोरोना संक्रमण

आइतबार थप ८१८ जनालाई कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८१८ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका छन ।

आज थपिएकासँगै देशभर कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । सोमध्ये निको हुनेको संख्या १८ हजार ६३१ रहेको छ । पछिल्लो २४ घण्टामा २८१ जना डिस्चार्ज भए । अहिले ११ हजार ४१४ जना क्वारेन्टिनमा बसिरहेका छन् ।

आज १३ हजार १५५ सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १३७ जना आइसीयू र १० जना भेन्टिलेटरमा रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार