माेटरसाइकल दुर्घटनामा दाङमा एक जनाकाे ज्यान गयाे

माेटरसाइकल दुर्घटनामा दाङमा एक जनाकाे ज्यान गयाे

दाङ – मोटरसाईकल दुर्घटना हुँदा दाङमा एक जनाकाे ज्यान गएको छ ।

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका ११ कटाँहामा माईतीघर भएकी २४ वर्षीया पवित्रा डाँगीको ज्यान गएको छ । डाँगी तुलसीपुर ६ बरुवा गाउँमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) डम्मरबहादुर पालका अनुसार बिहीबार बेलुकी सवा ८ बजे घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ५ प ८४२ नम्बरको मोटरसाइकल तुलसीपुरको बेलझुन्डीमा दुर्घटना हुँदा डाँगी गम्भीर घाइते भएकी थिइन् ।

उहाँकाे उपचारको क्रममा बिहीबार राति ज्यान गएको प्रहरीले जनाएको छ  ।

मोटरसाइकल चालक तुलसीपुर ९ बेलुवाका ४८ वर्षीय कुलबहादुर डाँगी सामान्य घाइते भएका छन् । घाइते डाँगीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार