नागार्जुन नगरपालिकाका मेयर बस्नेतलाई कोरोना संक्रमण

नागार्जुन नगरपालिकाका मेयर बस्नेतलाई कोरोना संक्रमण

काठमाडौं नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्टार हस्पिटलमा पीसीआर परीक्षण गराउँदा नगरप्रमुख बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

यसअघि सोही नगरपालिकाको वडा नं ६ का अध्यक्ष राजेन्द्र बुढाथोकीमा पनि संक्रमण पुष्टि भएको थियो । बुढाथोकीको निकट सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा नगर प्रमुख बस्नेतलाई पनि कोरोना संक्रमण देखिएको बताएको छ।

नगरप्रमुख बस्नेत वडाध्यक्ष बुढाथोकीसँगै मोटरसाइकलमा बसेर एक गार्मेन्टले यही भदौ १६ गते आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएका थिए । सोही दिन साँझ बुढाथोकीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । त्यसको जानकारी पाएलगत्तै मेयर बस्नेत होम क्वारेन्टाइनमा बस्दै आएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार