रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीमा कोरोना संक्रमणका कारण आज थप दुईजनाको मृत्यु भएको छ । कोरोना संक्रमित गौतमबुद्ध मुटु अस्पताल बुटवलमा उपचाररत एक महिला र होम आइसोलेसनमा बसेका भैरहवाका एक पुरुषको मृत्यु भएको हो ।

मुटु अस्पतालमा उपचाररत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-७ कि ६४ वर्षीया महिलाको शुक्रवार बिहान ८:४५ बजे मृत्यु भएको हो । भदौ ४ गते मुटु अस्पतालमा भर्ना भएकी उनमा भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उच्च रक्तचाप, मधुमेह, मृगौला रोग र निमोनियाको समस्या देखिएपछि वृद्धालाई भदौ ४ गतेदेखि  आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।

यस्तै सिद्धार्थनगर नगरपालिका-८ का ४५ बर्षका पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचार गरेर फर्केका उनको परीक्षणको क्रममा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले बताए । मिर्गौलाका बिरामी उनको लामो समयदेखि डाइलासिस गराउँदै आएका थिए ।
शुक्रबार डाइलासिस गर्न अस्पताल जाने तयारी गरिरहँदा घरमै मृत्यु भएको जानकारी आएको शाहले बताए । योसंगै रुपन्देहीमा शुक्रबारसम्ममा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार