डिजेल बोकेको ट्याङ्कर पल्टियो

डिजेल बोकेको ट्याङ्कर पल्टियो

काठमाडौँ । काठमाडौंको चन्द्रगिरि नगरपालिका ३ थानकोटमा डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको छ। आज बिहान करिब ९ बजे ना ७ ख ७३९ नम्बरको ट्याङ्कर पल्टिएको हो। दुर्घटना भएपछि चार हजार लिटर डिजेल पोखिएको छ ।

रक्सौलबाट थानकोटको डिपोमा अनलोड गर्न ल्याइएको ट्याङ्करले बाटो काट्न लागेको व्यक्तिलाई बचाउन खोज्दा अनियन्त्रित भई पल्टिएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका सचिव वादल लामाले बताए। दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन भने चालक सुरेश विक पनि सकुसल छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार