रुकुम पश्चिमकाे निषेधाज्ञा हटाईयो

रुकुम पश्चिमकाे निषेधाज्ञा हटाईयो

मुसिकोट । रुकुम पश्चिममा कोरोना संक्रमितहरुको संख्या तिव्र बृद्धि भैइरहेको अवस्थालाई मध्यनगर गर्दै फैलावट रोक्न जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोट लगायतका क्षेत्रमा भदाै १५ गतेबाट लगाएको निषेधाज्ञा तथा एसिया सिल हटाएको छ ।

आइतबार एक सूचना प्रकाशित गरि यसअघि जारी गरेको निषेधाज्ञा बर्तमान समयमा पुनः जारी गरिरहनु नपर्ने अवस्था देखिएकोले हटाईएको उल्लेख गरिएको छ । जसले गर्दा निषेधाज्ञा हटेसंगै सोमबार बिहानबाट बजारहरु खुल्नेछन ।

सदरमुकाम मुसिकोट खलंगा सहित आसपासका बजारहरु पुर्णरुपमा बन्द रहेका थिए भने आवतजावतमा पनि कडाई गरिएको थियो  । त्यस्तै प्रशासनबाट प्रदान हुने सेवाहरुको स्थानीय तह अनुसारको समय निर्धारण गरिएको छ ।

यस्तै आज रुकुम पश्चिममा थप १ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ४ का २५ बर्षका पुरुषलाई कोरोना संक्रमण देखिएको हो । अहिले सम्म रुकुम पश्चिममा जम्मा कोरोना संक्रमितहुनेहरुको संख्या ६५ पुगेको कोरोना रोग फोकल व्यक्ति इश्वर रावलले जानकारी दिएका छन । उनका अनुसार हालसम्म सकृय संक्रमितको संख्या १० रहेको छ भने ५५ जना निको भएर घर गैसकेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार