वीरगञ्जमा कोरोनाको लक्षण देखिएका एक व्यक्तिको मृत्यु

वीरगञ्जमा कोरोनाको लक्षण देखिएका एक व्यक्तिको मृत्यु

काठमाडौँ। वीरगञ्जको नारायणी अस्पतालमा कोरोनाको मिल्जोजुल्दो लक्षण देखिएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । बाराको कोल्हवी नगरपालिका ४ सपहीका २३ वर्षीय युवकको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा आइतबार राति ८ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए । श्वासप्रश्वासलगायत कोभिडको लक्षण देखिएका उनी आइतबार दिउँसो अस्पतालमा भर्ना भएका भएका थिए । मृतकको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको तर रिपोर्ट आउन बाँकी रहेको डाक्टर चौैरसियाले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार